अनौठो मन्दिरः जहाँ सुन्दर श्रीमती पाउन महिलाको रुपमा पुजा गर्छन् पुरुष
एजेन्सी । कुनै पनि पुरुषले आफ्नो जीवन संगिनी सुन्दर होस भन्ने कामना भगवानसंग गरिरेहेको हुन्छ । तर उनिहरुले सुन्दर श्रीमतीका लागि भन्दै महिलाले जस्तै सिँगारपटार गरि मन्दिरमा पुजा गरेको सुन्दा तपाईहरुलाई अच्चमै लाग्छ होला ।
महिलाहरुले राम्रो वरका लागि त ब्रत बसेको हामीले देखेका नै हौ । तर पुरुषले असल र राम्री श्रीमतीका लागि ब्रत बसेको भन्ने कतै पनि सुन्नमा आएको छैन भारतको केरलामा एउटा मन्दिर छ जहाँ पुरुषहरु सुन्दर पत्नीको वरदान माग्छन् ।
दक्षिण भारतमा रहेको श्रीदेवी मन्दिरमा वरदान माग्न जाने पुरुषहरु महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्दछ । कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा पुरुषहरु सुन्दर पत्नी तथा राम्रो जागिरका लागि वरदान माग्न पुग्ने गरेका छन् ।
हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ । त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान मागे बर पाईन्छ भन्ने जनविश्वास रहकेको छ । त्यसैले पनि सो समयमा पुरुषहरु बर माग्न आउनेको भिड लाग्ने गर्दछन् । यस्तो विश्वास त्यहाँका मानिसहरुले वर्षौदेखि मान्दै आईरहेका छन् ।
December 8, 2018 11:29 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन