कहिले सार्वजनिक हुन्छ ‘क्याप्टेन’को गीत ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं। अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को पहिलो गीत यहिँ बिहिबार रिलिज हुँदैछ। निर्माता भुवन केसीले जानकारी दिएअनुसार बिहिबार चलचित्रको गीतको रिलिज गर्ने कार्यक्रम रहेको छ।
गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।
हेर्नुस् हिट नेपालको यो भिडियो रिपोर्ट।
December 10, 2018 3:40 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...