सांगितीक धमाकाको लागी गायक दुर्गेश थापा कुवेत आइपुगे, विमानस्थलमा भब्य स्वागत ।
कुवेत -सांगितीक धमाकाको लागी दुर्गेश थापा कुवेत आइपुगेका छन् ।कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५”को लागी चर्चित लोकपप गायक दुर्गेस थापा आज बिहान २:३० बजे कुवेत आइपुगेका हुन् ।कुवेत अन्तराष्ट्रिय विमानस्थलमा गायक थापा लाई कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका छन् ।

लोकपप गायक दुर्गेश थापा गायक मात्र नभयर उनि मोडल तथा डान्सरमा पनी दक्ष कलाकार हुन् ।कल्याणकारी युवा समाज कुवेतले आयोजना गरेको उक्त सांगीतिक धमाकामा अतिथि गायक दुर्गेश थापाका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समुहले बताएको छ ।

कुवेतमा कृयासिल संघ-सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवाबर्ग साथै कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितका लागी समाजका अध्यक्ष निरज सिंह ठकुरीले अनुरोध समेत गरेका छन् ।

कार्यक्रम :- स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल, जिलिब
मिति : १४ डिसेम्बर २०१८ शुक्रबार
समय : दिनको १२:३० बजे
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।
सम्पर्क – 66019540, 55020779









December 13, 2018 8:09 am | प्रवास,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन