बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय !
अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ ।यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय: जानी राखौ :
पाइल्सको उपचार गर्ने घरेलु उपाय
करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ । निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ। प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ । पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ । बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।
पाइल्सको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ । भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ । खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ ।
चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ । भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ । सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ । आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने ।
त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ । पाइल्स अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवनगरे ववासीर निको हुन्छ । पाइल्सको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।
सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ । इन्द्रजौको काढा १० ग्रामको दरले एक महिना सेवन गरे बवासीर खुनी–वादी आराम हुन्छ । अथवा इन्द्रजौको चुर्ण र मह खाए पनि निको हुन्छ । प्रत्येक दिन ३ ग्राम कुसुमको फुलको धुलो दहिमा फिटेर खानाले अर्श निको हुन्छ ।कुरैयाको बोक्रा कुटेर निस्केको रस २० मिलीलिटर पिउने गरे दुबै थरीका पाइल्स निको हुन्छ ।
माल कागुनोको विज पिधेर लेप गर्नाले अर्श निको हुन्छ । फुलगोबीको पात निचोरेर रस निकालेर अर्शमा लगाए अति लाभ हुन्छ । कागती ३ ग्राम रस मुखमा लिएर गाईको दुधसँग खाएमा फाइदा हुन्छ ?
December 13, 2018 5:46 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण