Thursday 12th February 2026

विदेशी सीप स्वदेश भित्र्याउँदै युवा

7 years अगाडी

काठमाडौं। सरकारले वैदेशिक रोजगारलाई विस्तारै घटाउँदै स्वदेशमै रोजगारको पर्याप्त वातावरण सिर्जना गरी बाध्यकारी वैदेशिक रोजगारको अबस्था अन्त्य गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यलाई पूरा गर्न सरकारले विदेशमा कुनै सीप सिकेका र दक्षता हासिल गरी नेपाल फर्किएका युवाले नेपालमै केही व्यवसाय गर्न चाहेमा सहुलियत ऋण दिने कार्यक्रम सुरु गरिसकेको छ।

सरकारले सस्तो व्याजदरमा १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था सुरु गरिसकेको छ। युवाहरुलाई सहुलियत कार्यक्रममा सहभागी हुनका लागि सरकारले पुस मसान्त भित्रमा आइपुग्ने गरी आवेदन दिन सूचना समेत प्रकाशित गरेको थियो।

यस कार्यक्रममा युवाहरु निकै आर्कर्षित देखिएको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले जनाएको छ। दुई सातामा ८ सय भन्दाबढी युवाहरुले सहुलियत ऋणका लागि आवेदन फारम भरिसकेको बोर्डले जनाएको छ । आवेदन दिने युवाहरुको भिड बोर्डमा लाग्ने गरेको समेत बोर्डले जनाएको छ। वैदेशिक रोजगारका क्रममा सिकेको सीप र दक्षताका आधारमा सरकारले युवाहरुलाई सहुलियत ऋण दिने कार्यक्रम चालु आर्थिक वर्षदेखि नै ल्याएको हो।

सहुलियत ऋणका लागि आवेदन दिन उपत्यका बाहिर का युवाहरु समेत बोर्डसम्म आउने गरेका गरेका छन्। बोर्डका निर्देशक राजन श्रेष्ठ विदेशमा सीप सिकेर दक्ष बनेर नेपाल फर्केका युवाहरु सरकारले उपलब्ध गराएको ऋण लिएर स्वदेशमै सिप प्रयोजन गर्न आकर्षित देखिएको बताउँछन्।

निर्देशक श्रेष्ठले परदेशमा परिश्रम गरेर फर्किएका नेपाली युवाहरुले परिश्रम र सीपको महत्व बुझेर स्वदेशमै उद्यमी बनी देश विकासमा टेवा पुर्याउने दाबी गरे। दैनिक ५० जना सम्म बोर्डमा सहुलियत ऋणका लागि आवेदन दिन आउने गरेको बोर्डले जानकारी दिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणको क्रममा वैदेशिक रोजगारबाट फर्किएका स्वदेशमै केही गर्न चाहने सीप र योग्यता भएका युवाहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेका थिए।

मन्त्री खतिवडाको घोषणालाई कार्यान्वयन गर्न सरकारले वैदेशिक रोजगार प्रर्वद्धन बोर्ड मार्फत मंसीर १३ गतेदेखि सहुलियत ऋणका लागि आवेदन फारम भर्न सुरु गरिसकेको छ। वैदेशिक रोजगारका क्रममा विभिन्न सीप सिकेर आएका स्वदेशमै केही गर्न चाहने युवाहरुले आगामी पुस १४ गतेसम्म आवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ।

सहुलियत ऋणका लागि बोर्डको वेबसाइट WWW.fpb.gov.np बाट आवेदन फारम डाउनलोड गर्नसक्ने व्यबस्था गरिएको छ । साथै आवेदन बोर्डको इमेल ठेगाना [email protected] मार्फत पठाउन सकिने बोर्डले जनाएको छ।

यो व्यवस्थामा सहभागी हुन वैदेशिक रोजगारीका कम्तिमा पनि ६ महिना काम गरेको अनुभव हुनुपर्ने निर्देशक श्रेष्ठले बताए। वैदेशिक रोजगारका क्रममा विभिन्न २० वटा सीप सिकेर फर्किएका युवाहरुलाई उनीहरुले सिकेको सीप परीक्षण गराई सीप प्रमाणपत्र लिन चाहेमा निःशुल्क परीक्षण गराउने व्यबस्था बोर्डले गरेको जनाएको छ।

          December 14, 2018 9:53 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...