आमाले छोरीलाई फोनमा भनिन् ‘तिम्रो अपहरणको आरोपमा जेल जाँदैछु, आफ्नो ख्याल गर्नू’
सनशाइन पोर्ट। अस्ट्रेलियाकी एक युवतीलाई एक दिन अचानक उनकी आमाको फोन आयो । आमाले उनलाई भनिन् ‘म तिमीलाई अपहरण गरेको आरोपमा जेल जाँदैछु । हामी दुईसँग जोडिएका केही रहस्य थिए जो मैले तिमीलाई भनेकी थिइन ।’ त्यसपछि जब छोरीले आमाको डायरी पडिन् त्यसपछि उनलाई २० वर्ष अगाडिको रहस्य थाहा भयो । यो आश्चर्यजनक रहस्य थाहा पाएपछि छोरी चकित परिन् । हालै एक अन्तरवार्तामा पक्राउ परेकी महिला र उनकी छोरीले सबै कुरा बताएका छन् ।
यो वास्तविक कहानी अमेरिकाको साउथ क्यारोलिनामा बस्ने महिला डोरोथी ली बर्नेट र उनकी छोरी सभानाको हो । डोरोथी १९९४ मा आफ्नी १ महिनाकी छोरीलाई लिएर भागेकी थिइन् त्यसपछि २० वर्षसम्म अमेरिकी पुलिस र त्यहाँको जाँच एजेन्सी एफबीआइले उनको खोजी गरिरहेका थिए । छोरीसँग भागेपछि बर्नेटले नयाँ नाम एलेक्स राखिन् र नयाँ पहिचान बनाइन् । त्यसपछि उनी नयाँ पहिचानको साथ फ्रान्सको पेरिसमा बस्न थालिन् । छोरीको नाम पनि उनले सभानाबाट फेरेर समंथा राखिन् । त्यसपछि उनले अर्को बिहे गरिन् जसबाट उनले एक छोरा जन्माइन् ।
समंथालाई आफ्नो बाल्यकाल, आफ्ना वास्तविक पिता र आमाले आफूलाई अपहरण गरेकोबारे केही थाहा थिएन । उनी महिलाका दोस्रो पतिलाई नै आफ्ना पिता मान्थिन् । छोरीले आफ्नो बारेमा वास्तविकता तब थाहा पाइन् जब पुलिसले महिलालाई पक्राउ गर्यो । त्यसपछि समंथाले आमाको डायरी भेटिन् जसमा लेखिएको पढेर उनले सबै कुरा थाहा पाइन् । पुलिसले ती महिलालाई अस्ट्रेलियाको सनशाइन पोर्टबाट पक्राउ गरेको थियो जहाँ उनी नयाँ पतिका साथ पेरिसबाट बसाइ सरेकी थिइन् ।
महिलामाथि नवजात बालिकाको अपहरण गरेको साथै नक्कली पासपोर्ट र नक्कली कागजपत्र बनाएको आरोप थियो । अदालतले उनलाई २१ महिनाको जेल सजाय सुनायो । हालै जेलबाट सजाय पूरा गरेर फर्किसकेपछि महिलाले आफ्नो पूरै कहानी एक अन्तरवार्तामा बताएकी थिइन् । महिलाका अनुसार उनका दुःखका दिन तब सुरु भए जब उनी एउटा बच्चा जन्माएको १ वर्षभित्रै गर्भवती भइन् । उनी बच्चा चाहन्थिन् तर उनका पति टोडले भने उनलाई गर्भपतन गराउन भनेका थिए ।
December 14, 2018 9:59 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव