आमाले छोरीलाई फोनमा भनिन् ‘तिम्रो अपहरणको आरोपमा जेल जाँदैछु, आफ्नो ख्याल गर्नू’
सनशाइन पोर्ट। अस्ट्रेलियाकी एक युवतीलाई एक दिन अचानक उनकी आमाको फोन आयो । आमाले उनलाई भनिन् ‘म तिमीलाई अपहरण गरेको आरोपमा जेल जाँदैछु । हामी दुईसँग जोडिएका केही रहस्य थिए जो मैले तिमीलाई भनेकी थिइन ।’ त्यसपछि जब छोरीले आमाको डायरी पडिन् त्यसपछि उनलाई २० वर्ष अगाडिको रहस्य थाहा भयो । यो आश्चर्यजनक रहस्य थाहा पाएपछि छोरी चकित परिन् । हालै एक अन्तरवार्तामा पक्राउ परेकी महिला र उनकी छोरीले सबै कुरा बताएका छन् ।
यो वास्तविक कहानी अमेरिकाको साउथ क्यारोलिनामा बस्ने महिला डोरोथी ली बर्नेट र उनकी छोरी सभानाको हो । डोरोथी १९९४ मा आफ्नी १ महिनाकी छोरीलाई लिएर भागेकी थिइन् त्यसपछि २० वर्षसम्म अमेरिकी पुलिस र त्यहाँको जाँच एजेन्सी एफबीआइले उनको खोजी गरिरहेका थिए । छोरीसँग भागेपछि बर्नेटले नयाँ नाम एलेक्स राखिन् र नयाँ पहिचान बनाइन् । त्यसपछि उनी नयाँ पहिचानको साथ फ्रान्सको पेरिसमा बस्न थालिन् । छोरीको नाम पनि उनले सभानाबाट फेरेर समंथा राखिन् । त्यसपछि उनले अर्को बिहे गरिन् जसबाट उनले एक छोरा जन्माइन् ।
समंथालाई आफ्नो बाल्यकाल, आफ्ना वास्तविक पिता र आमाले आफूलाई अपहरण गरेकोबारे केही थाहा थिएन । उनी महिलाका दोस्रो पतिलाई नै आफ्ना पिता मान्थिन् । छोरीले आफ्नो बारेमा वास्तविकता तब थाहा पाइन् जब पुलिसले महिलालाई पक्राउ गर्यो । त्यसपछि समंथाले आमाको डायरी भेटिन् जसमा लेखिएको पढेर उनले सबै कुरा थाहा पाइन् । पुलिसले ती महिलालाई अस्ट्रेलियाको सनशाइन पोर्टबाट पक्राउ गरेको थियो जहाँ उनी नयाँ पतिका साथ पेरिसबाट बसाइ सरेकी थिइन् ।
महिलामाथि नवजात बालिकाको अपहरण गरेको साथै नक्कली पासपोर्ट र नक्कली कागजपत्र बनाएको आरोप थियो । अदालतले उनलाई २१ महिनाको जेल सजाय सुनायो । हालै जेलबाट सजाय पूरा गरेर फर्किसकेपछि महिलाले आफ्नो पूरै कहानी एक अन्तरवार्तामा बताएकी थिइन् । महिलाका अनुसार उनका दुःखका दिन तब सुरु भए जब उनी एउटा बच्चा जन्माएको १ वर्षभित्रै गर्भवती भइन् । उनी बच्चा चाहन्थिन् तर उनका पति टोडले भने उनलाई गर्भपतन गराउन भनेका थिए ।
December 14, 2018 9:59 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन