‘मिस वर्ल्ड जित्न देश पनि सक्षम हुनुपर्छ’
काठमाडौं : ‘मिस वर्ल्डको टाइटल जित्न नेपाली सुन्दरी सक्षम छन्। यदि हाम्रो देश आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम हुन्थ्यो भने अझै सहज हुन्थ्यो’, चीनको सान्यामा आयोजित मिस वल्र्ड २०१८ मा भाग लिएर भर्खरै घर फर्किएकी मिस नेपाल शृंखला खतिवडा शुक्रबार आफ्नो अनुभव सुनाउँदै थिइन्। विश्व सुन्दरीको ताज शिरमा लगाउन व्यक्तिगत प्रयासका साथै प्रतिनिधि मुलुक पनि हरेक कोणबाट सबल हुनुपर्ने उनको आसय थियो।
हिडेन टिजरले राखेको पत्रकार सम्मेलनमा शृंखला आफ्नो मिस वल्र्डको यात्रा वर्णन गर्दै थिइन्। आफूसँगैका प्रतिस्पर्धी सुन्दरीले नेपालका बारेमा चासो राखेको देखेर खुसी लागेको उनले बताइन्।
यो वर्ष नेपालले आफ्नो दरिलो पहिचान छोड्न सफल भएको बताउँदै उनले भनिन्, ‘आगामी दिनमा नेपालले मिस वल्र्डमा राम्रो स्थान हासिल गर्न सक्ने छ।’ प्रतियोगिताको समय दर्शकदीर्घाबाट नेपालको झण्डा लगातार फहराउँदा सबैको ध्यान नेपालतर्फ केन्द्रित भएको पनि उनले सुनाइन्।
प्रत्येक महादेशबाट एक एक सुन्दरी छनोट हुँदा नेपाललाई घाटा भएको हुन सक्ने शृंखलाको भनाइ थियो। यो वर्ष मिस वल्र्ड छनोटको प्रक्रिया परिवर्तन गरिएको थियो। यसपटक प्रत्येक महादेशबाट अनिवार्य एक सुन्दरी छनोट गर्नुपर्ने नियम थियो। चाहे ती सुन्दरी सक्षम हुन् या नहुन्। एसियाबाट १३ देशका सुन्दरी टप ३० मा पुगेका थिए।
टप १२ का लागि यिनै १३ देशबाट नेपाललगायत थाइल्यान्ड र न्युजिलन्ड मात्र पुग्न सफल भएका थिए। अन्तिम पाँचमा यी तीन मुलुकबाट थाइल्यान्डकी सुन्दरी निकोलेन पिचामा पुगेकी थिइन्। शृंखला भन्छिन्, ‘नेपाल टप फाइभमा पुग्ने धेरैले आशा गरेका थिए तर सत्य हामीले स्वीकार्नै पर्छ।’ टप १२ सम्म पुग्नुलाई पनि उपलब्धि कै रुपमा लिएको उनले बताइन्।
सुन्दरी प्रतियोगिताको विषय विवादास्पद बन्दै आएकोमा अब यो प्रक्रिया नदोहरिने उनले विश्वास व्यक्त गरिन्। ‘पहिले मिस नेपाल भनेको के हो भन्ने विषय सर्वसाधारण र राजनीतिक नेतृत्व दुवैलाई बुझ्न कठिन थियो। उनले भनिन्, ‘तर समयले बुझाइदिएको छ।’
नेपाली जनताले गरेको सपोर्टप्रति धन्यवाद दिँदै उनले भनिन्, ‘चेपाङ वस्तीका लागि ५० लाखसम्म जम्मा भएकोमा म खुसी छु। शृंखलाले ब्युटी विथ परपसका लागि चेपाङ बस्तीमा स्वास्थ्य चौकी बनाएकी थिइन्।
निर्मला पन्त हत्या प्रकरण र शृंखला खतिवडाको मिस वल्र्ड यात्रालाई एउटै तराजुमा जोखिएको विषयप्रति पनि शृंखलाले असन्टुष्टि व्यक्त गरिन्। ‘यो त सुन्तला र स्याउलाई एक अर्कामा दाँजेको जस्तै भयो’, उनले भनिन्, निर्मलाको केस निकै संवेदनशील विषय हो।’
मिस नेपाललाई जस्तै निर्मलाको पक्षमा पनि सर्पोट गर्नुपर्ने विचार आएकोमा उनले खुसी व्यक्त गरिन्। आफ्नातर्फबाट निर्मलाको केसमा पूर्ण सहयोग हुने उनको भनाइ थियो।
१९९४ बाट सुरु भएको मिस नेपाल प्रतियोगिताले २४ वर्षमा टेकेको छ। जसमा २०१८ विशेष रहयो। मिस वल्र्डमा शृंखलाले टप १२ सम्म पुग्नु, ब्युटी विथ परपस २०१८ र मल्टिमिडिया अवार्ड हात पार्नु ठूलो सफलता हो। साथै मिस नेपाल अर्थ २०१८ कि बिजेता प्रिया सिग्देले मिस अर्थमा टप १८ सम्म आउनु , बेष्ट इको भिडियोको टाइटल र एसिया एन्ड ओसियानाबाट ट्यालेन्ड राउन्डमा सिल्भर मेडल जित्नु ठूलो उपलब्धि रहयो।अन्नपूर्ण पोष्ट
December 15, 2018 8:33 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा