Friday 19th December 2025

मनिता देवकोटा मिस युनिभर्सको शीर्ष १० मा

7 years अगाडी

थुप्रै नेपालीहरुको आशा बोकेकी मनिता देवकोटा मिस नेपाल युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएकी छिन् ।

नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिको शीर्ष १० मा समावेश छन् ।

मिस युनिभर्स २०१८ को फिनाले बैंककमा अहिले चलिरहेको छ । यसलाई एबीएस–सिबीएन च्यानल टुले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि नेपाल पहिलो पटक मिस युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएको भन्दै फेसबुकमा स्टेटस लेखेकी छिन् ।

          December 17, 2018 12:52 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...