यसकारण सय किलोमिटर लामो यात्रा गरेर आफ्नै मालिकलाई टोक्न आयो कुकुर
वाशिङ्टन। कुकुरलाई सबैभन्दा वफादार जनावर मानिन्छ तर अमेरिकाको एक कुकुरले यो कुरालाई गलत साबित गरिदिएको छ । न्यू मेक्सिकोको एक कुकुरले आफ्ना मालिकलाई खोज्दै १ सय किलोमिटरसम्म यात्रा गर्यो र भेट्नासाथ मालिकलाई टोक्यो । कुकुरले आफ्नो मालिकलाई टोक्नुको कारण थाहा पाउँदा तपाइँ दंग पर्नुहुनेछ ।
कुकुरले मालिकलाई खोज्दै ९ दिनमा सय किलोमिटर यात्रा गरेको थियो । कुकुरका मालिकको नाम सेन्टियागो मार्टनिज बताइएको छ । यी व्यक्ति हरेक वर्ष विदा मनाउन अल्बुकर्क जान्थे । कुकुर सानो हुँदासम्म सेन्टयागोले कुकुरलाई पनि आफैंसँग लिएर जान्थे । तर, यसपटक सेन्टियागोले कुकुरलाई घरमै छाडेर आफू मात्र विदा मनाउन गएका थिए ।
सेन्टियागोले सपनामा पनि सोचेका थिएनन् कि उनको कुकुरले उलाई यो कुराको सजाय दिनेछ । उनले यो पनि सोचेका थिएनन् कि उनको कुकुर उनलाई खोज्दै त्यहाँसम्म आउनेछ जहाँ उनी समुद्र किनारमा विदा मनाइरहेका थिए । सेन्टियागो आफ्नो कुकुरलाई देखेर चकित परेका थिए । सेन्टियागोले कुकुरलाई अंगमाल गर्ने कोसिस गरे तर कुकुर निकै रिसाएको थियो । अंकमाल गर्नासाथ कुकुरले सेन्टियागोलाई टोक्यो । त्यसपछि भने आश्चर्यजनक रुपमा ऊ सेन्टियागोको वरिपरि घुम्दै उनलाई चाट्न थाल्यो ।
December 18, 2018 11:46 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन