

पौडलको प्रस्तावमा देउवा लचक भएपछि विधानमा सहमति

काठमाडौं । नेपाली कांग्रेसमा अब ११ जना पदाधिकारी हुने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललेको प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्ष विधानमा पदाधिकारीको संख्या बढाउन सहमत भएपछि विधानमा सहमति जुटेको छ । सहमति जुटेपछि आजै केन्द्रीय पदाधिकारीको बैठकबाट पारित गराएर सो विधानको मस्यौदालाई महासमिति बैठकमा पेस गरिने काँग्रेस स्रोतले जानकारी दिएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधानमा सहमति जुटेको डीसीनेपाललाई जानकारी दिए । उनका अनुसार हालको पदाधिकारी संख्या बढाएर ११ पुर्याइने भएको छ । सभापति, २ उपसभापति, तीन महामन्त्री, चार सह–माहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । पौडेल पक्ष पदाधिकारी बढाउनु पर्ने अडान रहेका कारण महासमिति बैठक शुरु भइसक्दा पनि केन्द्रीय समितिले विधानकाृ मस्यौदा पारित गर्न सकेको थिएन ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले मंसिरको अन्तिम साता नै केन्द्रीय समितिमा मस्यौदा पेस गरेको थियो । तर, पौडेल पक्षको अडानका कारण पारित हुन सकेको थिए । सोमबार राती भएको छलफलमा देउवा संख्या बढाउन र पौडल निर्वाचित प्रणालीमा सहमत भएका थिए । त्यसपछि महाधिवेशबाट प्रत्यक्ष निर्वाचित पदाधिकारी ४ जना र मनोनित गर्ने ७ जना पदाधिकारीको संख्यामा दुबै पक्ष सहमत भएको हो । सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित र चार सह–महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने व्यवस्था विधानमा गरिएको छ।
December 18, 2018 12:36 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

