पौडलको प्रस्तावमा देउवा लचक भएपछि विधानमा सहमति
काठमाडौं । नेपाली कांग्रेसमा अब ११ जना पदाधिकारी हुने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललेको प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्ष विधानमा पदाधिकारीको संख्या बढाउन सहमत भएपछि विधानमा सहमति जुटेको छ । सहमति जुटेपछि आजै केन्द्रीय पदाधिकारीको बैठकबाट पारित गराएर सो विधानको मस्यौदालाई महासमिति बैठकमा पेस गरिने काँग्रेस स्रोतले जानकारी दिएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधानमा सहमति जुटेको डीसीनेपाललाई जानकारी दिए । उनका अनुसार हालको पदाधिकारी संख्या बढाएर ११ पुर्याइने भएको छ । सभापति, २ उपसभापति, तीन महामन्त्री, चार सह–माहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । पौडेल पक्ष पदाधिकारी बढाउनु पर्ने अडान रहेका कारण महासमिति बैठक शुरु भइसक्दा पनि केन्द्रीय समितिले विधानकाृ मस्यौदा पारित गर्न सकेको थिएन ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले मंसिरको अन्तिम साता नै केन्द्रीय समितिमा मस्यौदा पेस गरेको थियो । तर, पौडेल पक्षको अडानका कारण पारित हुन सकेको थिए । सोमबार राती भएको छलफलमा देउवा संख्या बढाउन र पौडल निर्वाचित प्रणालीमा सहमत भएका थिए । त्यसपछि महाधिवेशबाट प्रत्यक्ष निर्वाचित पदाधिकारी ४ जना र मनोनित गर्ने ७ जना पदाधिकारीको संख्यामा दुबै पक्ष सहमत भएको हो । सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित र चार सह–महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने व्यवस्था विधानमा गरिएको छ।
December 18, 2018 12:36 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन