भिसा ‘क्यान्सिल’ गरेर नेपाल फर्किन लागेकी डोल्माको यूएईमा उपचारको क्रममा मृत्यु
यूएई – यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो ।
पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि अस्पातल भर्ना हुनुभएको थियो । आबुधाबिक क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।
अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिनुभएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिरामीको रेखदेख गर्न नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएर उपचार गराइरहेको थियो । श्रीमान र भाइले डोल्माको स्याहारसुसार गरिरहनु भएको थियो । मृतक डोल्माको १२ वर्षका छोरा छन ।
उपचाररत डोल्माको मृत्युड भएपछि कम्पनीले दिनुपर्ने सम्पूर्ण क्षतिपूर्तिसहित शव नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि लगिएको छ भने मृतकका श्रीमान र भाइलाई कम्पनीले नै बस्ने खाने व्यवस्था गरेर राखिरहेको डोल्माको दाजु फुर्वा योञ्जनले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएको परिवारमा मृतकको शव नेपाल लैजान समस्या भए काभ्रे समाज र तामाङ समाज यूएईले सहयोग गर्ने समाजका प्रवक्त्ता सुनिल लामाले जानकारी दिनुभयो । उज्यालो
December 18, 2018 4:11 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा