कांग्रेस महासमिति बैठक लम्बियो : देउवाको राजीनामा माग
काठमाडौं : कांग्रेस महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ। बुधबारको बैठक मात्र सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा हुनेछ । बिहीबार र शुक्रबारको बैठक भने पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
मंगलबार साँझ नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले बैठक लम्बिएको जानकारी दिएका हुन्। ‘बैठकमा बुधबार विधान मस्यौदा पेश हुन्छ’, प्रवक्ता शर्माले भने, ‘आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ। विधान छापिन समय लाग्ने भएकाले बैठक लम्बिएको हो।’
बैठकमा बोल्ने अधिकांश नेताले पार्टी सभापतिसहित शीर्ष नेताको तिब्र आलोचना गरेका छन्। उनीहरुले पार्टीमा सुधार आवश्यक भएपनि त्यसको महसुस शीर्ष नेतृत्वले गर्न नसकेकोप्रति आपत्ति जनाएका हुन्।
बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा माग भएको छ। उदयपुरका महासमिति सदस्य रामबहादुर खड्काले सभापति देउवाको राजनीनामा माग गरेका हुन्।
मंगलबार बिहानको बैठकमा पार्टीका शीर्ष नेताले विधानमा सहमति नगरे पार्टीलाई विशेष महाधिवेशनमा लानसमेत माग गरे। बैठकमा माइक खोसाखोस हुँदा मंगलबारको बैठक केही घण्टाका लागि अवरुद्ध भएको थियो।
छलफल
बैठकमा विवाद भएपछि विधानमा सहमति गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा उपसभापति बिमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्। उनीहरुले आजै विधानमा सहमति खोज्ने प्रयास गर्नेछन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन