शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
पोखरा , पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् ।
पौष ७ गते शनिबार ११ बजे पोखराको बिन्ध्यबासिनी मन्दिरमा पूर्व राजा शाहले दर्शन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जानकारी दिएका छन् । पछिल्लो समय राजनैतिक पार्टीहरु प्रति जनताको बिश्वास गुमेको र राजा बिना नेपालको अस्तित्व संभव नहुने भन्दै सबै राजनैतिक दलका नेता कार्यकर्ताले राजतन्त्रको बिकल्प नरहेको भन्ने बुझिसकेकाले, अब देश र जनताको रक्षाको लागी राजा अगाडि आउनुपर्ने बस्नेतको भनाइ छ ।
देशमा अराजकता मौलाउँदै गइरहेको यो समयमा पुर्व राजाको मन्दिर भ्रमणले नेपाली मन मनमा शान्ती छाउने बिश्वास बस्नेतले ब्यक्त गरे । शनिबारको बिन्ध्यबासिनी दर्शनको कार्यक्रममा पनि राष्ट्र र राष्ट्रियताको पक्षधर नेपाली जनताले राजाको स्वागत गर्नेछन भन्ने बिश्वास पनि बस्नेतले ब्यक्त गरे ।
जनता र राजाकोबीचको दुरी अन्त्य गर्नका लागि मन्दिर परिसरमा पूर्व राजाले जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको शिव सेना नेपाल कास्कीका अध्यक्ष बन्टी क्षेत्रीले बताए । यसपालीे पुर्वराजाको पोखरा भ्रमण दुई साता लामो रहेको छ । यो भ्रमणमा पूर्व राजाले जनतासँग भेटघाट र मन्दिर दर्शनमा ब्यस्त रहने श्रोतको भनाई रहेको छ ।
December 20, 2018 10:10 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण