बाराक ओबामा जब थैलो बोकेरै बिरामी बालबालिका भेट्न अस्पताल पुगे…
वासिङ्टन : नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ ।
विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उनले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गरे त्यसको प्रसंसा नै भएको छ । बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडे ।
‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उनले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ ।
ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।
ओबामा यसरी अस्पताल पुग्ने कुरा यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो । तर ९० मिनेटको उनको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गरेका छन् ।अन्नपूर्ण पोष्ट
December 20, 2018 1:09 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार