रायोको साग अर्थात् पोषण तत्वको भण्डार
रायोको साग भनेपछि कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ ।रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ
फाइदै फाइदा
– रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वाकवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ ।
– निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ ।
– बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ ।
– पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ ।
– रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।
– रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ ।
– मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ ।
– यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ ।
रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्याउँछ । आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो । यसले रतन्धोलगायत आँखामा हुने समस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ
रायोको सागमा ‘भिटामिन-के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ । हड्डी खिइने समस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ ।
पाइन्छ अनेक भिटामिन : रायोको सागमा भिटामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रोटिन, म्याग्नेसियम, इइरन, फस्फोरस, प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्व हुने गर्छ । जसले शरिरलाई पूर्ण रुपमा स्वास्थ राख्नका लागि मद्दत पुर्याउँछ ।
December 21, 2018 10:07 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन