‘थ्री इडियट्स’का फुंसुक वांगडुको असली रुप देख्नुभएको छ ? यसरी गर्छन् चमत्कार
मुम्बइ। तपाइँले आमिर खानकोसुपरहिट फिल्म ‘थ्री इडियट्स’ हेर्नुभयो ? यो फिल्ममा सुरुदेखि नै रणचोरदास शामलदार चांचड उर्फ रेन्चो नामले चिनिएका आमिर खानको वास्तविक पहिचान फिल्मको अन्तिममा मात्र खुल्छ । उनले आफ्नो वास्तविक नाम फुंसुक वांगडु भएको बताउँछन् ।
आमिर खानको यो भूमिका काल्पनिक होइन । उनको भूमिका वास्तविक जीवनबाट प्रेरित छ । आमिरले जुन इन्जिनियरको भूमिका फिल्ममा गरेका थिए ती इन्जिनियर वास्तविकतामै छन् । ती इन्जिनियर हुन् लद्दाखका सोनम वांगचुक । उनले अहिले पुरानो गाडी प्रयोग गरेर घर बनाएपछि निकै चर्चामा छन् ।
सोनमले बनाएको घरको एक भागको छत गाडीले बनेको छ । अहिले यो फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यतिमात्र होइन महिन्द्रा गाडी कम्पनीका प्रमुख कार्यकारी आनन्द महिन्द्राले पनि यी फोटो शेयर गरेका छन् । सोनमले घरको छतमा महिन्द्रा कम्पनीकै गाडी बोलेरो प्रयोग गरेका छन् ।
सोनम लद्दाखमा हिमालयन इन्ष्टिच्युट अफ अल्टरनेटिभ्स चलाउँछन् । आमिर खानले फिल्म ‘थ्री इडियट्स’मा गरेको भूमिका सोनममै आधारित थियो । आनन्द महिन्द्राले ट्वीट गर्दै सोनमको इन्ष्टिच्युटमा कुनै पनि चीज काम नलाग्ने भनेर खेर नजाने उल्लेख गरेका छन् ।
सोनमले कार छतमा यस्तो गरी फिट गरेका छन् कि गाडी कहीँ पनि ढाकिएको छैन । गाडीका सबै ढोका खोल्न सकिन्छ । ढोकामा गाडीको नम्बर प्लेट पनि राखिएको छ । टाढाबाट हेर्दा यो गाडी कुनै घरमाथि चढाइएको जस्तो देखिन्छ ।
December 21, 2018 10:28 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन