गर्भावस्थाको समयमा शारिरिक सम्बन्ध : जानी राखौ झुठ अनि सत्यता
एजेन्सी । प्राय मानिसहरुको विश्वास यो छ कि, गर्भावस्थाको समयमा शारिरिक सम्बन्ध गर्नु हुदैन, जुन सत्य होइन । पहिलो ३ महिनामा धेरै थाकान तथा केही असहजताको कारण पार्टनरसँग नजिक हुन मन नलाग्न सक्छ । तर ३ देखि ६ महिनाको दौरानमा बान्ता आउन बन्द हुन्छ, जसले गर्दा पहिले भन्दा सहज महसुस हुन्छ । त्यसपश्चात शरिरमा लब हार्मोन (आँक्सीटाँकिन) बढन थाल्दछ ।
यस समयमा ब्लड प्रेसर पनि बढछ यस समयमा योनीमा चिल्लोपनको मात्रा पनि बढ्छ जसले गर्दा पार्टनरसँग सम्बन्धकोे लागि इच्छा बढ्ने गर्दछ । गर्भावस्थाको समय र सेक्सको विषयमा समाजमा कयौ यस्ता मान्यता छन जुन साचो छैन्न ।
गलत मान्यता एकः गर्भावस्थाको समयमा सेक्स गर्नाले भु्रण(बच्चा) लाई असर गर्न सक्छ । सत्य गर्भधारणको समयमा योनी तन्किएर केही ठुलो हुन्छ । यसले गर्दा गर्भाशयको बाहिर म्युकसले भरिएको तह जमेको हुन्छ, जसले सेक्सको समयमा बच्चालाई युट्रेस भित्र सुरक्षित राख्दछ् ।
गलत मान्यता दुई :सेक्स पश्चात रक्तश्राप हुनु भनेको योनीमा असर परेर हो
सत्य : गर्भाशय निकै संवेदनशिल हुन्छ , जसकारण केही रक्तश्राप हुन सक्छ जुन सामान्य कुरा पनि हो, तर धेरै रगत बगेको खण्डमा डाक्टरको सल्लाह लिनु पर्दछ ।
गलत मान्यता तिन : गर्भधारणको समयमा सेक्स गर्नाले योनीमा संक्रमण हुन सक्छ ।
सत्य : यदि तपाईको पार्टनरमा कुनै यौन जन्य रोग छैन भने तपाईले कुनै चिन्ता लिनु पर्दैन । यस्ता अवस्थामा आफुलाई सफा राख्नु भने जरुरी हुन्छ ।
गर्भावस्थाको समयमा सेकस गर्नाले बेफाइदा होइन बरु फाइदा हुन्छ ।
यसले तपाईको पेल्विक मसल्स मजबुत हुन्छ ।
गर्भधारणमा सेक्स गर्नाले व्लर्ड सर्कुलेशन राम्रो हुन्छ ।
यसले इम्युनिटिमा वृद्धि हुन्छ ।
राम्रो निन्द्र लाग्छ ।
अझ, महत्वपुर्ण यसले तपाई दुईको बिचमा माया बढ्छ । त्यसैले गर्भावस्थाको समयमा यौनसम्बन्ध राख्न नडराउनु होस । यदि अरु कुनै प्रश्न भए आफनो डाक्टरबाट सल्लाह चाहि लिनु होला ।
December 21, 2018 12:48 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन