वृद्धको मृत्युको केही दिनपछि खुल्यो मन छुने रहस्य, संसारभर भइरहेछ वृद्धको तारिफ
लण्डन। बेलायतको वेल्स राज्यको ग्लेमोर्गनका ८५ वर्षका वृद्ध केनको गएको सोमबार निधन भयो । त्यसको केही दिनपछि वृद्धको यस्तो रहस्य खुल्यो जसका कारण संसारभर वृद्धको तारिफ भइरहेछ । केनको निधन भएको केही दिनमै उनको छिमेककी २ वर्षकी एक बालिकाको लागि क्रिसमसको उपहार आयो । यो उपहार अनलाइनबाट अर्डर गरिएको थियो ।
गिफ्ट उनै वृद्ध केनले पठाएका थिए । यतिमात्र होइन अनलाइन सामान डेलिभरी गर्ने कम्पनीमा बुझ्दा थाहा भयो वृद्ध केनले ती बालिका केडीको लागि आगामी १४ वर्षसम्मका लागि क्रिसमस गिफ्ट किनिसकेका थिए । तर, यसबारे कसैलाई बताएका थिएनन् । केनको मृत्युपछि उनले पठाएको उपहार पाएपछि केडीको परिवार निकै भावुक भएको छ । उनीहरुले पूरै घटनालाई सामाजिक संजालमा शेयर गरेका छन् ।
केडीका पिता ओवेन विलियम्सका अनुसार केन २ वर्ष अगाडि मात्र उनीहरुको छिमेकमा बसाइ सरेर आएका थिए । उनको मृत्युको केही दिनपछि ओवेनको घरमा गिफ्ट आयो । ओवेन भन्छन् ‘यो हाम्रो लागि क्रिसमसको कथाजस्तै थियो जहाँ सेन्टा क्लव बच्चाहरुको लागि गिफ्ट छोडेर जान्छन् ।’ ट्वीटरमा यो घटना शेयर भएपछि युजरहरुले केनलाई श्रद्धाञ्जली दिइरहेका छन् । पहिलो गिफ्टमा केहीका लागि किताब आएका छन् । बाँकी गिफ्ट के आउने हुन् थाहा हुन बाँकी नै छ ।
December 21, 2018 2:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन