प्रेमविवाहको ९ वर्षपछि खुसीसाथ सम्बन्धविच्छेद गर्ने जोडीको कहानीले सबैका आँखा रसाए
टेक्सस। अमेरिकाको टेक्ससमा एक सैनिकको सम्बन्धविच्छेदको कहानी सुन्दा सबैका आँखा रसाएका छन् । यो जोडीले ९ वर्ष पहिले प्रेमविवाह गरेका थिए । उनीहरु एक अर्कासँग निकै खुसी थिए । यति हुँदाहुँदै पनि उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय गर्दै सबैलाई चकित पारिदिए । जब सम्बन्धविच्छेदको कारण खुल्यो त्यसपछि भने सबैका आँखा रसाए ।
जेक र मारिया नामका यी दुईले ९ वर्षअघि प्रेमविवाह गरेका थिए । जेक सैनिक हुन् । उनीहरुको सम्बन्धमा कुनै समस्या थिएन । यी दुईका २ सन्तान थिए, ६ वर्षका ब्राइटन र २ वर्षका फेरन । फेरन जन्मिँदा नै उनलाई वुल्फ हिस्र्कोर्न सिन्ड्रोम नामको दुर्लभ रोग थियो । यो रोगका कारण उनको अनुहार बिग्रिइसकेको थियो र उनलाई धेरै शारीरिक समस्या थिए । यही रोग यी दुईको लागि निकै ठूलो समस्या बनेको थियो ।
छोराको उपचारका लागि उनीहरुले डाक्टरसँग परामर्श गर्दा थाहा भयो कि विशेष किसिमको उपचारबाट मात्र उनी ठिक हुन सक्छन् । यी दुईले छोराको उपचार सुरु गराए जो निकै महंगो थियो । उनको औषधी र अन्य खर्चमा जेकको पूरै कमाइले पनि पुग्न छोड्यो । त्यसपछि यी दुईले स्वास्थ्य बीमा कम्पनीसँग सहयोग मागे । यी दुईलाई सबैभन्दा ठूलो झट्का तब लाग्यो जब कम्पनीले भन्यो कि यी दुई सहयोग गर्नुपर्ने पात्र होइनन् । जेक सेनामा भएको र उनको तलब धेरै भएको भन्दै कम्पनीले उनीहरुलाई सहयोग नगर्ने बतायो ।
कम्पनीले यो सहयोग कम आम्दानी भएका वा गरिबहरुलाई मात्र दिइने बतायो । छोराको हालत बिग्रिइरहेको थियो त्यसपछि यी दुईले निकै आश्चर्यजनक फैसला गरे । यी दुईले छोरालाई बचाउनको लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरे । कानुनी रुपले सम्बन्धविच्छेद गरेपछि मारिया एकल हुन्थिन् र उनीसँग आम्दानीको कुनै स्रोत थिएन ।
त्यसपछि उनले बीमा कम्पनीबाट सहयोग पाउँथिन् । यी दुईको यो कुरा उनीहरुका एक साथीले थाहा पाएपछि निकै भावुक भए । उनले सामाजिक संजालमा यो कहानी शेयर गरे जसलाई पढेर सबै भावुक भए । यो घटनाको जानकारी पाएपछि एक गैर सरकारी संस्थाले सहयोग गर्ने बताएको छ । जेकका एक साथीले अनलाइन आर्थिक सहयोग जुटाउने अभियान पनि सुरु गरेका छन् ।
December 24, 2018 12:06 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार