सावधान ! तारेर उब्रिएको तेल फेरि खानुहुन्छ ? क्यान्सर लगायत दर्जनौ घातक रोगको शिकार
काठमाडौँ । कहिले काही हामी पकौडा, आलु फ्राई वा मासु फ्राई गरेपछि उब्रिएको तेललाई पुनः अर्को पटक प्रयोग गर्न राख्छौ र प्रयोग पनि गर्छौ । तर, के तपाईलाई थाहा छ, एक पटक प्रयोग भइसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकार हुन्छ ? एक अध्ययनमा भनिएको छ, एक पटक प्रयोगमा आएको तेललाई फेरि प्रयोगमा ल्याउँनाले क्यान्सरजस्ता घातक रोगको शिकार हुनसक्ने सम्भावना बढेर जान्छ ।
अध्ययनमा कुनै खानेकुरा पकाउँनका लागि प्रयोग भएर उब्रिएको तेल पुन प्रयोग गरेमा त्यसमा फ्रि रेडिकल्स बन्न थाल्छ, जुन अगाडि गएर रोगको कारण बन्न जान्छ । यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ ।
यसबाहेक एकै तेललाई धेरै पटक उच्च तापमानमा तताएमा त्यसमा ‘एल्डीहाइड’ बन्न थाल्छ, जसका कारण मानिसमा डायबिटिज, हाइपरटेन्शन, कलेजोआदीमा रोग लाग्ने खतरा बढ्छ । यदि उब्रिएको तेललाई प्रयोग गर्नु छ भने सबैभन्दा त्यसलाई छान्नुहोस् र त्यो तेल गाढा, कालो वा चिप–चिप देखियो कि छैन हेर्नुहोस् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन