Sunday 9th November 2025

धनकुटाका राईको जापानमा सुतेकै अवस्थामा निधन

7 years अगाडी

टोकियो ।

जापानमा पर्यटक भिषामा आएका एक नेपाली युवाको सुतेकै अवस्थामा असामायिक निधन भएको छ ।

धनकुटा खोकु छिन्ताङ निवासी २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको हो ।

जापानको ईबाराकी प्रान्तस्थित ईनाशिकीमा रहेको कोठामा खाना खाएर सुतेका राईको आईतबार निधन भएको हो । सामान्य अवस्थामा सुतेका राईको मृत्युको कारण थाहा हुनसकेको छैन ।

प्राप्त जानकारी अनुसार बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सुतेका राई विहान नउठेपछि उठाउन खोज्दा अचेत अवस्थामा भेटिएका थिए । प्रहरीलाई जानकारी गराएर अस्पताल लैजाँदा उनको मृत्यु भईसकेको चिकित्सकहरुले बताएका थिए ।जापान संचार बाट

          December 25, 2018 2:59 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...