इपिएस मार्फत कोरियामा काम गरि फर्केकालाई नेपालमै रोजगारीको अवसर
काठमाडौँ । पुस रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ ।नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । उनले भने, ‘भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।’
कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए । मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
December 27, 2018 10:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।