यी किशोरीको छ सबै भन्दा लामो कपाल, लेखियो गिनिज बुकमा नाम
गुजरात । गुजरातकी नीलांशी पटेल सबै भन्दा लामो कपाल हुने किशोरी बनेकी छिन्। लामो कपाल भएकै कारण उनले गिनीज वल्र्ड रेकर्डमा आफ्नो लेखाएकी छिन्।
१६ वर्ष उमेर समूहमा नीलांशीको सबैभन्दा लामो कपाल छ। नीलांशीको कपाल करिब १७० दशमलव ५ सेमी (५ फिट, ७ इन्च) रहेको छ। उनको यस नाम २०१९ संस्करणमा सामेल हुनेछ। यस उपलब्धिपछि उनीसँग फोटोसुट गर्नका लागि थुप्रै मान्छेहरु आउने गरेका छन्। भारतको गुजरातस्थित मोडासाकी १६ वर्षीय नीलांशी पटेललाई साथीहरुले रोपन्जेल भनेर बोलाउने गर्दछन्। सन् २०१८ को सुरुवातमा सबैभन्दा लामो कपाल हुने रेकर्ड अर्जेन्टीनाकी ऐब्रिल लोरेनजटीले कायम गरेकी थिइन्। जसको १५२ दशमलव ५ सेमी लामो कपाल थियो।
जसको रेकर्ड १७ वर्षीय किटो कवाहराले तोडेकी थिइन्। जसको १५५ दशमलव ५ सेमी लामो थियो। तर यो वर्षको अन्तमा नीलांशीले किटोको रेकर्ड तोड्दै आफ्नो नाम लेखाउन सफल भएकी हुन्। नीलांशीको कपाल देखेर गोवामा विदेशी पर्यटकले फोटो क्लिक गराउन प्रस्ताव गरेपछि उनले कपाल लामो बनाउने योजना बनाएकी थिइन्।
December 27, 2018 11:07 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन