एपी वान टेलिभिजनका क्यामरा पर्सन पौडेलको दुर्घटनामा मृत्यु
7 years अगाडी
Nepal Drishti
चितवन : चितवन : एपी वान टेलिभिजनका क्यामरा पर्सन प्रवीण पौडेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ। शुक्रबार बिहान ११ बजेतिर चितवनको रत्ननगरस्थित निपनी चोकमा मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार रहेका २५ वर्षीय पौडेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले उनी सवार बा १ प ९२१ को स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा राखिएको छ।
December 28, 2018 5:20 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...