अब सीमा सीमामा सीसी क्यामेरा: सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र
काठमाडौँ, १५ पुस । सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ ।शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो ।
सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलले जनाएको छ । हाल भएको जनशक्तिले मात्र सीमामा निगरानी गर्न कठिनाई भएकाले प्रविधिको प्रयोग आवश्यक महशुस गरेर यो प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो ।
सीमा सुरक्षाको कार्यदेश पाएको शसस्त्रले पहिलोपटक सीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । संगठनलाई आधुनिकरण वैज्ञानिकरण गर्दै प्रविधिको प्रयोगमार्फत काम गर्ने सरकारको नीति तथा कार्यक्रमलाई शसस्त्रले कार्यान्वयनको दिशातर्फ उन्मुख भएको देखिएको छ ।
शसस्त्रले यस आर्थिक बर्षभित्र नै सीमाका दसदेखि १५ स्थानमा सिसी क्यामेरा जडान गर्ने काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रवक्ता श्रेष्ठ भन्नुभयो, ‘यो सुरुवाती चरण हो, आगामी बर्षमा सीमालाई सुरक्षित बनाउन प्रविधि र जनशक्तिको व्यवस्थाप गर्दै लैजाने संगठनको नीति छ, दक्षिण सीमातर्फ ८७ वटा बिओपीहरु रहेकामा ९४ वटा पु¥याइएको छ, क्रमश बिओपीहरु थप्ने योजनाका साथ अगाडि बढेका छौँ ।’
सीमामा जोडिने प्रविधिहरुको शसस्त्र प्रहरी बल प्रधान कार्यालयबाट नै मनिटरिङ हुनेछ । सीमा जडान हुने प्रविधिले आपराधिक क्रियाकलाप हतोत्साहित गर्ने र चोरी पैठारी नियन्त्रणमा ठूलो टेवा पु¥याउनेछ । सीमामा संवेदशित भएको र प्रविधिको प्रयोग गर्दा सरकारले अगाडि सारेको नीति तथा योजना कार्यान्वयनमा थप बल पुग्ने देखिएको छ । प्रविधिको प्रयोगले राजश्व संकलनमा पनि सहयोग पुग्ने देखिन्छ ।
December 30, 2018 9:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।