महिलाको गर्भमा थिए दुई मृत बच्चाको शरीर, विज्ञानलाई चुनौती
एजेन्सी। बेलायतको लिभरपुलकी एक महिलाको गर्भवती भएको बेलाको चकित पार्ने घटना सार्वजनिक भएको छ। बर्नाडेट मर्फीले २०१४ मा मृत्यु भएका दुई वटा बच्चालाई पूरै नौ महिनासम्म पेटमै राखेको खुलेको छ। दुवै बच्चाको मृत्यु उनी गर्भवती भएको तीन महिनामा नै भएको थियो। केही दिन अगाडि ती महिलाले सामाजिक संजालमार्फत आफ्नो विगत सुनाएकी हुन्।
मर्फीका अनुसार २६ वर्षको उमेरमा उनी आमा बन्दै थिइन्। डाक्टरले सोनोग्राफी गरेर मर्फीको पेटमा एक मात्र नभएर तीन बच्चा रहेको बताएका थिए, त्यसपछि उनीहरु निकै खुशी भए। तीन महिलापछि चेकअप गर्दा उनीहरुको खुशी धेरै बेर टिक्न पाएन।
डाक्टरका अनुसार गर्भवती भएको १६ हप्तामा तीनमध्ये दुई बच्चाको हार्त बीट रोकिएको थियो। त्यसपछि दुवैको मृत्यु भयो। डाक्टरका अनुसार दुई बच्चाको निधनको कारण ट्विन–ट्विन ट्रान्सफ्यूजन डिम्ड्रोमका कारण भएको हो। यो रोगबाट जुम्लयहा बच्चाको गर्भनालमा समस्या आउँछ।
डाक्टरका अनुरा तेस्रो बच्चा भने जिवितै थिए। यदि अपरेशन गर्दा उनको पनि निधन हुने खतरा थियो। त्यसपछि मर्फीले दुई मृतक बच्चालाई पेटमा राखेर तेस्रो बच्चालाई जन्म दिइन्।
निकै पीडा सहेर पनि मर्फीले स्वस्थ बच्चालाई जन्म दिन सफल भइन्। ‘मलाइ मेरो पेटमा एक बच्चा मात्र जिवित छ भन्ने मैले ठानिन्। मैले अन्तिम दिनसम्म आफ्नो पेटभित्रका तीनवटै बच्चा जिवित छन् भन्ने सोचर बसेँ, जब मैले बच्चालाई जन्म दिएँ त्यो मेरोलागि अनौठो अनुभव थियो। मेरो तपस्या सफभ भयो,’ मर्र्फीले भनिन्।
December 30, 2018 9:51 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन