ढाड दुःख्ने समस्या र उपचार विधि
काठमाडौं । ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै समस्या निम्त्याउन सक्छ । कसैकसैलाई अशक्त पनि बनाउँछ । अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर रसेली बचविन्डरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले गरेको अध्ययनअनुसार सही उपचारको अभावमा लो ब्याक पेन दुख्ने समस्या तीव्र दरमा बढ्दो छ ।
धनी राष्ट्रहरूले उहिल्यै अपनाएर असफल भइसकेको उपचार प्रणाली अहिले गरिब तथा तेस्रो विश्वका मुलुकहरूमा प्रयोग भइरहेको छ । यो चिन्ताको विषय हो । समस्यालाई विस्तृतमा बुझ्न अल्पकालीन ९तत्काल हुने० दुखाइ र दीर्घकालीन दुखाइको स्पष्ट चित्र बुझ्नुपर्ने हुन्छ । भर्खरै लागेको चोट, कहीँ कतैबाट खसेर ढाडमा परेको प्रभाव वा धेरै भार उठाउँदा यस्तो समस्या देखिएको हुन सक्छ । कारण धेरै छन् । करङमा देखिएका इन्फेक्सन वा अन्य स्वास्थ्यसम्बन्धी समस्याले पनि यस्तो अवस्था आउँछ ।
त्यसैले चिकित्सकहरूले बिरामीको पृष्ठभूमि र पहिले देखिएको समस्यालाई ध्यानमा राखेर उपचार अघि बढाउँछन् । बिरामीको दैनिक व्यवहारलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मसल्स च्यातिएमा वा ढाडलाई सपोर्ट गर्ने लिगामेन्ट मसल्समा प्रभाव परेमा यस्तो हुन सक्छ । यस्तो अवस्थामा तल्लो ढाड दुख्ने सम्भावना धेरै हुन्छ । यस्तो दुखाइ ६ हप्ताभन्दा लामो समय हुँदैन ।
घरमै उपचार गरेर पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यस्तो अवस्थामा तातो पानी वा आइस प्याकले सेक्ने, श्वासप्रश्वाससम्बन्धी अभ्यास गर्ने, ढाड र घाँटीलाई हल्का चलाउने र दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ । दीर्घकालीन दुखाइ १२ साताभन्दा लामो समयसम्म ढाड दुखिरहने अवस्था हो । तपाईंले घरेलु उपचार, व्यायाम तथा पेनकिलर सेवन गर्दा पनि दुखाइ कायम रहने अवस्था हो ।
सुरुसुरुमा ढाड दुख्दा बेवास्ता गर्नुभयो र राम्ररी उपचार गर्नुभएन भने यस्तो अवस्था आउन सक्छ । उमेरले पनि यसमा प्रभाव राख्छ ।नसा च्यापिएको, करङमा समस्या भएको, करङ भाँचिएको तथा हाडसम्बन्धी समस्या देखिएमा यस्तो हुन सक्छ । यसले तपाईंलाई दैनिक रूपमा सताउँछ ।लक्षण खराब हुँदै गयो र दैनिक रूपमा समस्या देखियो भने तपाईंले घरमै उपचार गरेर सम्भव हुँदैन । चिकित्सकसँग उपचारका लागि परामर्श गर्नुपर्ने हुन्छ ।
नेपाल र एसियाली राष्ट्रमा धेरैमा ढाड दुख्ने समस्या देखिन्छ । बालबालिकालाई किताबको भारी बोकाएर स्कुल पठाउँदा पनि यस्तो समस्या हुन्छ ।दैनिक रूपमा धेरै भार उठाउने जोकोहीलाई ढाडमा समस्या हुन सक्छ । उनीहरूको मसल्स थकित हुन्छ र दुख्न थाल्छ । बालबालिकाको स्कुल ब्यागको तौल उनीहरूको शरीरको वजनकोे १५ देखि २० प्रतिशत मात्रै हुनुपर्छ ।
फिटनेसको कमीका कारण पनि यस्तो समस्या देखिन्छ । तपाईंले दैनिक रूपमा ३० देखि ४५ मिनेट हिँड्ने र मसल्स तन्काउनका लागि १५ देखि २० मिनेट व्यायाम वा योगा गर्न आवश्यक छ । शरीरलाई चलायमान बनाउनुभएन भने अंगहरू निष्क्रिय हुन थाल्छन् ।यस्तो अवस्थामा यो समस्या देखिन सक्छ । शारीरिक श्रम गर्ने व्यक्तिको तुलनामा नगर्ने व्यक्तिलाई यस्तो समस्या देखिने सम्भावना धेरै रहन्छ ।
धूम्रपानले फोक्सोको क्यान्सर मात्रै हुन्छ भन्ने सोच्नुभएको छ भने त्यो पनि गलत हो । ढाडदुखाइको प्रमुख कारणमध्ये यो पनि एक हो । जोन्स हप्किन्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार धूम्रपानले ढाडदुखाई बढाउँछ ।
यसले क्याल्सियमको सोजन घटाउँछ र नयाँ हड्डीको विकासमा पनि अवरोध गर्छ । जसका कारण समस्या देखिन सक्छ । अत्यधिक धूम्रपान गरेर निरन्तर खोक्ने गर्नाले पनि ढाड दुख्छ अर्को कारण मोटोपन पनि हो । धेरै वजन हुँदा ढाडमा धेरै स्ट्रेस पर्छ । जसका कारण समस्या देखिन सक्छ । शारीरिक सक्रियता अत्यधिक पर्ने काममा ठूलो भार उठानुपर्ने, धकेल्नु वा तान्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा करङमा प्रभाव पर्छ ।
जसका कारण चोटपटक वा ढाड दुख्ने समस्या देखिन सक्छ । दैनिक रूपमा कुर्सीमा बस्ने र हिँडडुल नगर्ने व्यक्तिमा पनि यस्तो समस्या देखिन्छ । त्यसैले यसका लागि दैनिक रूपमा कम्तीमा ३० देखि ४० मिनेट हिँड्ने, १५ देखि २० मिनेटसम्म शरीरलाई चलायमान बनाउने र कडा श्रम गर्नेहरूको हकमा पनि सन्तुलित रूपमा थकाइ पनि मारेर श्रम गर्ने गर्नुपर्छ ।
धेरैलाई फिजियोथेरापीको विषयमा थाहा नहुन सक्छ । यस्तो थेरापी शरीरको सक्रियता र अभ्यासका विषयमा ५ देखि ८ वर्षसम्मको अनुभव र प्रशिक्षण लिएका तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले गराउँछन् । ढाड दुख्ने समस्याको प्रकृति, अल्पकालीन वा दीर्घकालीन हेरेर उपचार गरिन्छ । अल्पकालीन अवस्थामा घरमै उपचार गर्दा पनि हुन्छ भने दीर्घकालीन समस्या देखिएमा फिजियोथेरापिस्टसँग परामर्श गर्नुपर्ने हुन्छ ।
शल्यक्रियामा धेरै खर्चनुअघि तपाईंले फिजिकल थेरापिस्टलाई भेट्नुभयो भने सहज समाधान मिल्न सक्छ । उनीहरूले विभिन्न पद्धति अपनाएर तपाईंको मसल्स र करङमा देखिएको समस्यालाई ठीक गर्न प्रयास गर्नेछन् । याद राख्नुस्, शल्यक्रिया अन्तिम विकल्प हो ।
December 30, 2018 12:52 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण