प्रदेश २ बाट श्रम स्वीकृति दिन थालियो, सुरुमा सेवा लिने दुईजना सम्मानित
जनकपुर : प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो ।
आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिनलाई सम्मान पनि गरिएको हो ।
सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए ।
श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक रोजगारका लागि विदेश जानेको संख्या सबैभन्दा धेरै प्रदेश २ र जिल्लामा धनुषा हो । यसैले पनि श्रम स्वीकृतिको लागि जनकपुरमा सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएको छ ।अन्नपूर्ण पोष्ट
December 30, 2018 5:13 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन