खुसीको खबर : सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने छोरीको जीवन विमा गरिदिने
काठमाडौं । प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेश २ सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो । सो प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने प्रादेशिक जनाएको छ ।
तराईमा छोरीलाई गर्भमै भ्रुण हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन विमा गरिदिन लागेको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ । मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन विमा गरिदिन लागेको बताए ।
प्रदेश २ सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैंयाँ बराबरको विमा गरिदिन लागेको मूख्यमन्त्री राउतले बताए ।
पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरेपनि दोश्रो, र तेश्रो हुँदै चरणवद्ध रुपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घर घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताए ।Thanks
December 31, 2018 6:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन