सप्तरीमा सामाजिक सचेतना, रजक सेवा समाजले सम्पन्न गर्यो बिशेष कार्यक्रम ।
तेज थापा,
सप्तरी – दहेज प्रथा, बालविवाह, महिला हिंसा लगायतका समस्या दिनानुदिन समाजिक चुनौती बन्दै गइरहेको अवस्थामा नेपाल रजक सेवा समाजले सप्तरीमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिशनपुर गाउँ पालिका बाजितपुर निवासी रमेश रजकको सकृयतामा गत २८ डिसेम्बरका दिन सामाजिक सचेतता सम्बन्धित बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

महिला हिंसा र शोषण बिरुद्धको खबरदारी, भष्टाचारविरुद्धको आवाज तथा गरिब, बिपन्न, उत्पिडत, अपाङ्ग, असहायलाई सेवा र सहयोग जुटाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा रजक समाजका बुद्धिजीवी, समाज सेवी , पदाधिकारी तथा रजक समाज का अगुवाहरुले आ-आफ्नो मन्तब्य राख्दै दहेज प्रथा र बालविवाह मुक्त समाजको स्थापना गर्न कुनै कसर बाकी नराख्ने बताए ।

नेपाल रजक सेवा समाज हाल साउदी अरेबिया, कतार ,दुबई मलेशिया, नेपाल लगायत देश हरुमा क्रियाशील रहेकोछ । समाजले गरिब तथा बिपन्न परिवार लाई सहयोग पुर्याउदै आएको संस्थाका उपाध्यक्ष भुवन रजकले जानकारि दिए । साथै समाजले समाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको उनलेे बताए ।
समाचार श्रोत: श्याम कुमार सफी, हाल ताबुक साउदि अरब ।
January 1, 2019 2:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन