काठमाडौंको तापक्रम अझै केही दिन शून्य
काठमाडौं : मौसमविद्हरूले काठमाडौं उपत्यकाको तापक्रम अझै केही दिन शून्य डिग्री सेल्सियस कायम रहने पूर्वानुमान गरेका छन् । उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो । सोमबार बिहान ५–९ बजे न्यूनतम तापक्रम शून्य आसपासमा झरेको मौसमविद् राजु प्रधानांगले बताए । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको महाशाखाले जानकारी दियो । उनले तापक्रम अझै घट्न सक्ने बताए ।
गत वर्ष ३ दिन न्यूनतम तापक्रम शून्य थियो । पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम यस्तै रहने महाशाखाको पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले तापक्रम निरन्तर घट्ने क्रम जारी रहनेछ ।
मंगलबार बेलुकादेखि मौसम फेरिनेछ भने बुधबार बदली भई केही ठाउँमा पानी पर्ने र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईमा बिहान बाक्लो हुस्सु तथा कुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने अनुमान छ । सोमबार सबैभन्दा बढी चिसो जुम्लामा माइनस ५ डिग्री सेल्सियस रह्यो ।
मंगलबार दिउँसो देशभरि नै मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाको तीन दिनको पूर्वानुमानमा उल्लेख छ । पहाडी भेगमा सामान्य बदली भई विशेष गरी पश्चिमी पहाडी भूभागका एक÷दुई ठाउँमा हलुका वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी उच्च हिमाली भूभागका एक÷दुई ठाउँमा हलुका हिमपात पनि हुने सम्भावना छ । बुधबार दिउँसो पश्चिमी तथा मध्य भेगमा सामान्य बदली भई पानी पर्ने सम्भावना छ ।
January 1, 2019 8:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण