Friday 15th May 2026

‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’, आज राष्ट्रिय टोपी दिवस मनाइँदै

7 years अगाडी

‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ।

दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो।

बसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो।

शताब्दीऔं देखि प्रयोग भैरहेका टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

१ जनवरीका दिन आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको सामाजिक संजालबाट शुभकामना दिने प्रचलन बढेको छ ।

          January 1, 2019 10:59 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...