सुत्केरी भैँसीलाई तीन हजार भत्ता
बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ । नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालिएको मेयर लोकमान बुढाथोकीले जानकारी दिए । १ पुसयता नौवटा सुत्केरी भैँसी तीन हजार रुपैयाँका दरले भत्ता पाएका छन् । भैँसीलाई भत्ता दिन नगरपालिकाले चालू आर्थिक वर्षमा साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘व्यावसायिक भैँसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न सुत्केरी भैँसीलाई भत्ता दिने व्यवस्था गरेका हौँ,’ मेयर बुढाथोकीले भने, ‘यसले भैँसीपालक किसान उत्साहित हुने र दूध उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।’ सुत्केरी भैँसीलाई भत्ता दिन मेयर बुढाथोकी गोठमै पुगेपछि किसान दंग परेका छन् । बागचौर–९ का भैँसीपालक किसान वेदप्रसाद डाँगीले भने, ‘मेयर सा’ब भत्ता लिएर गोठमै आउनुभयो । यसले हामीलाई भैँसी पाल्न प्रोत्साहन मिलेको छ ।’
पाडापाडीको जन्मदर्ता
नगरपालिकाले नयाँ जन्मिने पाडापाडीको जन्मदर्ताको तयारीसमेत गरेको छ । सुत्केरी भैँसीलाई भत्ता दिँदा नयाँ जन्मिएका पाडापाडीको जन्मदर्तासमेत गरिने डाँगीले जानकारी दिए । यसले भैँसीको तथ्यांक र व्यावसायिक पशुपालन, दुग्ध उत्पादन, पशु बिमालगायतका क्षेत्रमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसीको नस्ल सुधार गरेर दुग्ध उत्पादन बढाउन कृत्रिम गर्भाधानको व्यवस्थासमेत नगरपालिकाले गरेको छ ।
यस वर्ष डेढ सय भैँसीलाई भत्ता
नगरपालिकाले यस वर्ष डेढ सय भैँसीलाई भत्ता दिन पुग्ने गरी साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ । किसानले भैँसी सुत्केरी भएको जानकारी गराएपछि सामान्य प्रक्रिया पु-याएर भत्ता दिइने कार्यकारी अधिकृत भीष्मकुमार मल्लले जानकारी दिए । बागचौर नगरपालिकामा करिब पाँच सय भैँसी रहेका नगरपालिकाको पशुपंक्षी विकास शाखाका लोकेन्द्र डाँगीले बताए ।नयँपत्रिका बाट
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :