तीन वर्षकी छोरीको लागि आमाले ल्याइन् गुडिया, बाहिरबाट हेर्दा सामान्य नै थियो तर
ब्युनसआयर्स। अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा एक आमाले आफ्नी ३ वर्षकी छोरीको लागि एउटा गुडिया ल्याइदिइन् । बार्बी डल देखेर उनकी छोरी पनि निकै खुसी भइन् । तर केही दिनपछि महिलाले जब गुडियाको कपडा फेरिदिन थालिन् उनको होस उड्यो । आमाले छोरीसँग खेल्दै गुडियाको कपडा फेरिदिँदै थिइन् । गुडियाको कपडा खोल्नासाथ उनको रिसको पारो चढ्यो ।
रिसाएकी आमाले सामाजिक संजालमा गुडिया कम्पनीविरुद्ध आफ्नो रिस पोखेकी छिन् । जब महिलाले गुडियाको कपडा फेरिदिँदै थिइन् यही क्रममा उनकी छोरीले गुडयाको दुई खुट्टाको बीचको भाग देखिन् । उनले आमासँग सोधिन् कि यो के हो ? त्यहाँ प्लाष्टिकको केही भाग यस्तो बनेको थियो जो त्यहाँ हुनु हुँदैनथ्यो । महिला यो देखेर दंग परिन् कि बालबालिकाको खेलौनामा यो कस्तो लापरवाही गरिँदैछ ।
त्यो गुडिया बार्बी डलको थियो अर्थात ती बार्बी डल बालिका थिइन् । तर, गुडियाको तल पुरुष गुप्तांग बनेको थियो । गुडियाको बाँकी शरीर सबै केटीको थियो तर गुप्तांग मात्र पुरुष थियो । महिलालाई लाग्यो शायद यो संसारकै पहिलो ट्रन्सजेण्डर गुडिया हो ।
उनले भनिन् ‘मैले बुझ्न सकिरहेकी थिइन कि यस्तो कसरी हुन्छ ? हामी वयस्कहरु त यो विषयमा खुलेर कुरा गर्न सक्दैनौं भने यस्तो कुराले कलिला बालबालिकाको दिमागमा कस्तो असर पार्छ ? यदि तपाइँ मेरो ठाउँमा भएको भए नाबालक छोरीलाई के जवाफ दिनुहुन्थ्यो ?’
एकातिर ती महिलाले खेलौनामा यस्तो लापरवाहीलाई लिएर सामाजिक संजालमा विरोध गरेकी छिन्, अर्कोतर्फ लण्डनका केही गुडिया कम्पनीले भने बजारमा ट्रान्सजेण्डर गुडिया ल्याउने बताइसकेका छन् । उनीहरुले यस विषयमा काम सुरु भइसकेको बताएका छन् ।
January 2, 2019 12:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार