पातलो भएर तनावमा हुनुहुन्छ? मोटाउन खानुहोस यी चिज
काठमाडौ । सामान्यतया हरेक मानिस आफुलाई ठिक्कको राख्न चाहान्छ । विभिन्न रोगको कारण धेरैं मानिसहरु धेरै दुब्लो र पातलो शरिर भएका हुन्छन । यस्ता मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ ।
दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता हुनु स्वभाविक पनि हो । आज हामी कसरी मोटाउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिन जाँदैंछौं ।
खाजामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटाउन सहयोग गर्छ ।
बिहानको खानामा एक एक कचौरा दाल, भात, तरकारी, सलाद र दहीको सेवनले पातालो या दुब्लो व्यक्तिहरु मोटाउन सकिन्छ । प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खानाले मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने मोटाउदै जान्छ ।
सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ । नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ । भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिएमा पनि मोटाउन सहयोग पुग्छ ।
January 4, 2019 1:21 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन