अनाैठाे विवाह : बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही
भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।
दुलही थिइन् दाैडको केडगाउँकी कोमल देशमुख ।दुलहीका बाबु एक स्थानीय किसान हुन् । काेमलले समाजलाई महिलाहरु पनि कुनै हिसाबले कम छैनन् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालकाे काम गरेकाे बताइन् ।उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए ।
टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् ।
पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।
छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।
बुलेट माेटरसाइकल लिएर काेमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए । दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए।
January 4, 2019 4:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने