वाइडबडी प्रकरण : निगम महाप्रबन्धक कंसाकारलाई मोसो दलियो
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलेको छ।
नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलका हुन्।
शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंसाकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए।
क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको गजुरेलको भनाइ छ।
‘क्रान्तिकारी माओवादीले दलाल, तस्कर र भ्रष्टारविरुद्धमा देशभर अभियान चालेको छ’, गजुरेलले भने, ‘यही अभियान अन्तर्गत कंसाकारलाई मोसो दलिएको हो।’अन्नपूर्ण पोष्ट बाट
January 4, 2019 10:59 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार