यौन दुर्बलताको अचुक औषधी हो कुरिलो, हेर्नुहोस यसको प्रयोगले हुन्छन् यस्ता धेरै अनेकौ फाइदाहरु !
नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो । यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ ।
जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।
– कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।
– कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।
– कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ ।
– कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।
साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।
– कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।
– कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।
– कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।
January 6, 2019 11:06 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन