शरीरको तौल घटाउन कांक्रो पानी सेवन गर्नुहोस्, यस्तो छ विधि
कांक्रो स्वास्थका लागि लाभदायक छ भन्ने कुरा हामीले थाहा पाएकै हौं । तर कांक्रो पानी अझै लाभदायक हुने रहेछ । कांक्रोलाई चिरापारेर मिसाएको पानी, कांक्रोको चिरा र यसबाट निस्कने पानी दैनिक सेवन गर्नाले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा तौल आपसेआस घटेर जाने कुरा हालैको एक अनुसन्धानले पुष्टी गरेको छ ।
यसका साथै यदि तपाई शरीरिक रुपले तन्द्रुस्त रहन चाहनु हुन्छ भने कांक्रोको पानी यथेस्ट मात्रामा पिउने गर्नुहोस् । यद्धपि कतिपय अवस्थामा कांक्रोपानी खल्लो पनि हुनसक्छ । तर जब कुरा हाम्रो स्वास्थको आउँछ हामीले नमिठो भनेर पन्छिन पनि त मिल्दैन१ हुनत कतिपय अवस्थामा वा भनौ जानकारीको अभावमा हामी मीठो सर्बत तथा पेय पदार्थको पछि लाग्ने गर्छौ । यद्धपि त्यस्ता पेय पदार्थले स्वास्थमा हानी पुर्याई रहेको हुन्छ ।
कांक्रो पानी अति स्वस्थकर हुन्छ र यसको तुलनामा अन्य बजारीया पेय पदार्थ नगन्य बराबर हुन्छ । तसर्थ यो स्वस्थकर पानी दैनिक रुपले सेवन गर्नुहोस् र शरीरको अनावश्यक तौल लगायतका समस्याहरुबाट छुटकारा पाउनुहोस् ।
शरीरमा जम्मा भएको अनावश्यक बोसो पगाल्नका लागि क्यालोरिको मात्रामा रोकथाम गर्न अति आवश्यक छ र यसका लागि कांक्रोको पानी भन्दा उत्तम अरु केही हुनै सक्तैन । यो पानीमा क्यालोरिको मात्रा शुन्य बराबर हुन्छ । जस्तै एक ग्लास स्याउको जुसमा ११३ क्यालोरी आबद्ध रहन्छ । त्यस्तै एक ग्लास पानीमा १५० क्यालोरी रहन्छ । तर कांक्रोको पानीमा भने क्यालेरीको मात्रा शुन्य बराबर हुन्छ ।
यो कांक्रो पानी सेवन गर्नाले तपाईको पाचन प्रक्रिया समेत सन्तुलनमा आउँछ । जब तपाईले तिर्खा महसुस गर्नुहुन्छ त्यसबखत तपाईको शरीरले भोकको पनि अनुभव गरिरहेको हुन्छ । कांक्रो पानीले तपाईको शरीरमा पानीको अभाव हुन दिदैन र तपाईको भोक समेत मेटाउने काम गर्छ । हो, त्यही कारणले यो पानी सेवन गर्नेगर्नाले तपाईको शरीरमा जम्मा भएको अनावश्यक बोसो जसलाई तपाई यथा संभव चाँडै अंत्य गर्न चाहनु हुन्छ पग्लेर जान्छ ।
माथी उल्लेखित फाइदाहरु बाहेक, यो कांक्रो पानीले छालामा नरमपना ल्याउने काम पनि गर्छ किनकि कांक्रोमा सिलिकन डाइअक्साईड भन्ने गुण अधिक मात्रामा आवद्ध हुन्छ जसको प्रयोग डन्डीफोर, छालामा भएको दाग, रातो टाटा जस्तो समस्यामा अति लाभदायक हुन्छ । यसका साथै कांक्रोमा विषादी नाशक तत्व हुनुका साथै भिटामीन ए र डी को मात्रा अत्यधिक रहन्छ ।
कांक्रो पानी तयार पार्ने बिधि १. एउटा ताजा कांक्रो २. दुई लिटर सफा पिउने पानी ३. एउटा ठूलो जग
एउटा ताजा र स्वादिलो कांक्रो लिनुहोस् । यसको माथील्लो भागमा हुन सक्ने किटाणु तथा फोहरबाट छुटकारा पाउनका लागि यसलाई सफा पानीले पखाल्नुहोस् । तपाईलाई मनपर्छ भने यसको छाला ताछे पनि हुन्छ । होइन भने यसको छालालाई त्यसै छाडिदिनुहोस् ।
अव यसलाई गोलो चिरा पारेर काट्नुहोस् र यसलाई सफा पानीले भरिएको जगमा राख्नुहोस् । जगमा भएको पानी र कांक्रोको चिरालाई एक रात छोपेर राख्नुहोस् । तपाईलाई मन पर्छ भने आफ्नो स्वाद अनुसार यसमा पुदिनाको केही पातहरु, एउटा कागतीको रस अथवा केही स्ट्रबेरी थपे पनि हुन्छ ।
कांक्रो पानी खाली पेटमा सेवन गरे पनि हुन्छ । यो पानी सेवन गर्नाले शरीरमा साइडइफेक्ट गर्ला भन्ने चिन्ता लिनुपर्दैन । यो पानीलाई तपाईले साधारण पानी जस्तै तिर्खा लागेको बखत पिउँदा हुन्छ ।
January 6, 2019 12:55 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन