काठमाडौँमा पानी, चन्द्रागिरीमा हिउँः यस्तो छ आजको मौसम
काठमाडौं– आज (सोमबार) मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । त्यस्तै कर्णलीका हुम्ला जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राती देशको पश्चिमी भुभागमा आंशिक बदली तथा मध्य र पुर्वी
भुभागमा सामान्य बदली रही मध्य र पुर्वी भागमा हल्का पानी पर्ने पुर्वानुमान माहाशाखाको छ । काठमाडौ. उपत्यकामा सेप्टेम्बर २३ यता पहिलो पटक पानी परेको महाशाखाले जनाएको छ । आज सवैभन्दा बढि वर्ष धनगडीमा भएको छ । त्याहा ९ मिलिलिटर पानी परेको छ ।
मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।
मौसमविद् कँडेलका अनुसार मंगलबारबाट मौसम सफा हुनेछ ।

यस्तो छ आगामी तीन दिनको मौसमी विवरण

पुस २३ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।
रातिः देशको पश्चिमि भु-भागमा आंशीक बदलि तथा मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ | मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते (मंगलबार)
दिउँसो: देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |
रातिः देशको पश्चिमि पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

पुस २५ गते (बुधबार)
दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |
रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ । रातोपाटी बाट साभार



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन