प्रधानमन्त्रीका दुःख : एकातिर सुशासन अर्कोतिर वाइडबडी !
काठमाडौँ । अनेकौँ प्रश्न र चुनौतीहरूले घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म सुशासनलाई आफ्नो प्रमुख कार्यसूचीमै राखेका छन् । आफ्ना धेरैजसो सार्वजनिक सम्बोधनमा र पार्टीका आन्तरिक बैठकमा पनि उनले भ्रष्टाचारमा शून्यसहनशीलताको दाबी गरिरहेका हुन्छन् । सरकारका लिखित नीति तथा कार्यक्रम होस् वा पार्टीका दस्तावेज नै किन नहोस्, सत्तारुढ दल नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विकास, सुशासन र समृद्धिलाई सँगसँगै राखेका हुन्छन् ।
तर परिस्थिति प्रधानमन्त्री ओलीले सोचे तथा भाषणमा उनले बताए जसरी अगाडि बढेको छैन । मिडियाबाट सरकारको सुशासनको नीति र काममाथि तालमेल मिलेन भनेर तथ्यहरू सार्वजनिक भएका छन् । कुरा मिडियाको मात्रै होइन, प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएको छ ।
यसै विषयमा सडक र सदनमा काँग्रेसले सरकारमाथि दबाब बनाइरहेको छ । आरोप काँग्रेसको मात्रै पनि छैन । सत्तागठबन्धनमै रहेको सङ्घीय समाजवादी फोरम नेपालले पनि सोचेजस्तो भ्रष्टाचार नियन्त्रण नभएको तथा सुशासनमा खासै प्रगति भएन भनेर प्रधानमन्त्रीलाई स्मरण पत्र नै बुझाएको छ ।
त्यसो त प्रधानमन्त्री ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि सरकारको सुशासन नीतिमाथि गम्भीर प्रश्नहरू उठाइएको छ । यो मुद्दा कहिले पार्टीको स्थायी कमिटी बैठकमा जोडतोडले उठछ, कहिले केन्द्रीय सदस्यले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनको मुद्दा कार्यन्वयन गर्न भन्दै ज्ञापन पत्र नै बुझाउँछन् ।
January 9, 2019 2:00 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।