नेपाली कामदार लैजाने विषयमा नेपालसँग जापानको सम्झौता
नेपाली कामदार लैजाने विषयमा जापानले नेपालसँग सम्झौता गरेको छ । कामदार लैजानेसहित आधा दर्जन विषयमा आज नेपाल र जापान सरकारबीच सम्झौता भएको हो । सम्झौता–पत्रमा नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
यस्तै, द्विपक्षीय हितका विषयमा छलफल गर्दै परामर्श संयन्त्रण निर्माण र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ । यसअघि नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापान सरकारबाट प्राप्त सहयोग तथा त्यसको दायरा विस्तारका विषयमा मन्त्रीस्तरीय छलफल भएको थियो ।
छलफलमा नेपाली पक्षले विकास–निर्माणका प्राथमिकता र आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकता क्षेत्र प्रस्तुत गरेको थियो । कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापान सरकारको सहयोग, नेपालमा जापानी लगानी प्रवद्र्धन, नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने विषयमा दुई पक्षीय छलफल केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
January 10, 2019 11:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन