छाउ गाेठमा निश्वासशीयर तीन अामा छाेराकाे मृत्यु
महेश कार्की-
बाजुरा- एका विहानै छाउगोठमा तीन आमा छोराको मृत्युको खवरले आज बुढीनन्दा नगरपालिका सहित बाजुरा शोकाकुल बनेको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ साविकको पाण्डुसैन गाविसको भुगेचौरमा छाउगोठमा निश्वासीएर एकै परिवारका तीन जनाको ज्यान गएको हो । महिनावारी भए पछि तीन दिन देखि छाउबार्न नजिकैको गोठमा सरेकी ३५ बर्षिया अम्वा बोहोरा सहित उहाँका दुई छोरा १२ बर्षका सुरेश र ९ बर्षका रमितको सो गोठमा निश्वासीएर मृत्यु भएको हो ।
पुष महिनाको कठ्याङिग्रदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निश्वासीएर दुई छोरा सहित आमाको पनि मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बाजुरा प्रहरी प्रमुख उद्धवसिह भाटले बताउनु भएको छ । गोठको सानो चुलोमा आगो बालीएको थियो । र उनीहरुको खुट्टा तिरको भाग जलेको छ त्यसो प्रकृति हेर्दा निश्वासीएरै मृत्यु भएको हुन सक्छ सो घटना स्थलमा पुगेका पत्रकार महेश कार्कीले बताउनु भएको छ । छाउपडि प्रथा अन्त्यका लागि जिल्लामा विभिन्न प्रकारका प्रयास गरिएको भए पनि यो घटनाले ति प्रयासहरु सफल नभएको लागेको एक गैरसरकारी संस्था पिसवीन बाजुराको सम्पूर्ण परियोजनाका अधिकृत जयलाल विकले बताउनुभयो । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा छाउपडि प्रथा विगत लामो समय देखि कु–प्रथाका रुपमा कायमै रहेको छ । छाउपडि जस्तो दण्डनिय कामको अन्त्यका लागि राज्य र गैर सरकारी तवरबाट भए…

January 10, 2019 1:52 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन