गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले श्रमिक समस्या विषयक कार्यक्रम गर्दै |
शुक्र मोक्तान,
साउदि अरब- एक विडम्वना भनौं या सौभाग्य नेपाली युवाहरुको बैदेशिक रोजगारीको शिलशिलामा मातृभूमि छोड्न बाध्यता बनेको छ | बैदेशिक रोजगारीकै क्रममा खाडी मुलुक भासिएका युवाहरु दिनानुदिन विभिन्न समस्यामा पर्दै आएका छन् | विशेषता हालको विश्व अर्थतन्त्र साथै जारी गृह युद्ध र क्षेत्रीय युद्धको कारण पनि खाडी मुलुकहरुमा श्रमिक समस्या चुलिंदै गएको छ | यहि समस्यालाई मध्यनजर राख्दै यसको निराकरणको खोजि गर्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले यस कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनए साउदीका महासचिव तेजबहादुर थापाले बताए | उनका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न साउदीका लागि कुटनीतिक नियोग नेपाली राजदुतावास रियादलाई निमन्त्रणा पाठाईएको छ ।
सम्भवत नेपाली राजदुतावास रियादका लागी राजदुत प्रा.डा. महेन्द्र सिङ राजपुतको उपस्थितिमा हुने उक्त कार्यक्रममा पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई उपस्थित हुन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले सबैलाई आह्वान गरिएको छ | भने उक्त कार्यक्रम साउदीको पूर्वी शहर दम्माम सेको गार्डेन नजिकै रहेको होलिडे रेस्टुरेन्टमा आगामी २५ जनवरी २०१८ शुक्रबारका दिन मध्यान्ह १२:३० बजे सुरु हुने भएको छ | एनआरएन साउदिले उक्त कार्यक्रममा उपस्थित भई मौकाको लाभ लिन पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई संस्थागत अनुरोध समेत गरेको छ ।
January 11, 2019 11:09 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन