बेचिएर कुवेत पुगेकी युनिकाले भनिन् ” मम्मी म नेपाल फर्किन पाईन भने म मर्छु “
उमा पौडेल-
सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि सिन्धुलीको मरिण गाउँपालिका ४ की १८ वर्षीया युनिका भित्राकोटीले बुबा कृष्णबहादुरको इमोमा माथिको भ्वाइस म्यासेज पठाएकी हुन् ।
युनिका कुबेतमा छिन् । उनी कुवेत पुगेको ९ महिना भयो । १ वर्षदेखि काठमाडौं बसेकी युनिकालाई काठमाडौं बस्ने गोविन्द थिंङले राम्रो काम पाइने भन्दै कुबेत पठाएका थिए ।
तर, नेपालबाट कुवेतमा काम गर्न श्रम स्वीकृति छैन । उनलाई गोविन्दले दलाल मार्फत बेचेर कुवेत पुर्याएका हुन् । अहिले युनिका थप समस्यामा भएको उनले बताएकी छिन् ।
‘दिनमा १ घण्टा मात्रै सुत्न पाउँछु । बासी खाना खानुपर्छ ।’ बुबासँगको कुराकानीमा युनिकाले ‘धेरै पटक बेहोस भैसकें । मम्मी अब म कसरी फर्कनु ?’ भनेकी छिन् ।
युनिकाका अनुसार गोबिन्द युनिकालाई पुर्याउन भनी भारतसम्म पुगेका थिए । भारतमा चौधरी नामले परिचित एजेन्टले युनिकालाई कुवेत पठाए ।
छोरी बेचिएको थाहा पाएपछि केही दिनअघि हार गुहार गर्दे मरिण गाँउपालिका पुगेका बुबाले आफ्नो समस्या गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनलाई बताए । अध्यक्ष बम्जनमार्फत उनी बेचिएको सार्वजनिक भएको हो ।
युनिकाका बुबा कृष्णबहादुरले भने ‘छोरी त बेचिईन् बेचिईन् । उनको उद्धार गर्ने भन्दै एक जनाले २० हजार रुपैयाँ पनि लगिदिए । गरिब माथि दोहोरो बज्रपात भयो । लौन मेरो छोरी कसरी फर्काउने ?’

छोरी फर्काईने भन्दै २० हजार रुपैयाँ लिएका रामकुमार कार्कीलाई सुचना तथा परामर्श केन्द्र (सामी) परियोजना, सिन्धुली मार्फत सम्पर्क गर्दा उनले पटक पटक उनको छोरी उद्धार गर्ने प्रक्रियाका लागि रकम खर्च भएको भन्दै आनाकानी गरे ।
अन्तत परियोजनाको दबाबपछि रामकुमारले काठमाडौबाट २० हजार रुपैयाँ आइएमइ मार्फत पठाइदिएका छन् । तर, छोरी कसरी फर्काउने भनेर बुवा कृष्ण र आमा आइतीमाया भने बेचैन छन् ।
नेपालबाट प्रतिबन्धित घरेलु काममा लैजान गैरकानुनी ढंगबाट नेपालीहरुलाई ३ लाख ८० हजारमा किन्ने गरेका विभिन्न घटना आउने गरेका छन् । भारतीय दलाले पनि आफुले डेढ लाख लिएको र गोबिन्द थिङ भन्ने नेपाली दलालले डेढ लाख लिएको स्वीकार गरेका पनि जनाइएको छ ।
तर युनिकाको नेपाल फर्काउने कसरी भन्नेचाहिँ अन्यौल भएको छ । युनिका कुवेतमा कुन ठाँउमा छिन् , ठेगाना स्पष्ट भन्न सक्दिनन् । उनले बताए अनुसार घरबाट बाहिर निस्कने अनुमति नै छैन । तर, आफूलाई नेपाल फर्काइदिन उनले पटक पटक अनुरोध गरेकी छिन् । महिला खबर बाट
January 13, 2019 5:42 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन