एक कुकुरको मृत्युमा पूरा गाउँ शोकमग्न, यसरी निकालियो शवयात्रा
एजेन्सी । भारतको बिहारको एक गाउँमा अनौठो शवयात्रा देखियो । यस अनौठो शवयात्रामा ठूलो संख्यामा मलामी सहभागी भए । यो शवयात्रा कुनै मानिसको थिएन, एक कुकुरको थियो । बिहारको नवादास्थित बारापाण्डेया गाउँमा यो कुकुर सबैको प्रिय थियो । उसको मृत्युमा सबै गाउँलेहरुले उसको अन्तिम विदाई पूरा हिन्दु परम्परामा गर्ने निर्णय लिए ।
नवादाका बारापाण्डेया गाउँमा गोलू नामको एक कुकुर थियो । उ पूरा गाउँमा प्रिय थियो । उ गाउँका बच्चाहरुसँग खेल्थ्यो । एक आवाज दिएपछि आउने र भनेअुसार काम गर्ने उसको विशेषता थियो । राती गाउँमा कुनै अपरिचत छिरेमा पूरा स्वर मच्चाउँथ्यो । उसकै कारण गाउँमा चोरी हुँदैनथ्यो । आफ्नो इमान्दारितका कारण उ सबैको प्रिय भएको थियो ।गएको राती उसको मृत्यु भयो । उसको मृत्युपछि पूरा गाउँ शोकाकुल बन्यो । खास गरेर महिला र बच्चाहरु रोए ।
यसपछि गाउँलेहरुले जिन्दगीभर सेवा गरेको त्यस कुकुरको अन्तिम विदाई गर्ने निर्णय गरे । ब्याण्डबाजासहित उसको शवयात्रा निकालियो । कुकुरको शवयात्रामा पूरै गाउँ उर्लियो । गाउँलेहरुले ओशिलो आँखाले उसको विदाई गरे । गाउँलेहरुले त्यस कुकुरलाई समाजको एक महत्वपूर्ण अंग भएको बताए । उससँग पूरा गाउँको भावानात्मक सम्बन्ध थियो । यो प्रेम दुईतर्फी थियो । गोलूले जिन्दगी भर गाउँको सेवा गरेको थियो ।
January 14, 2019 4:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन