उफ् ! एयरपोर्टका दु:ख नि (फोटोफिचर)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, जहाँ अचेल अचम्मका दृष्य देखिन थालेका छन्। कसैले आफ्नो सुटकेस काँधमा बोकेर हिँडिहरेका छन्, कसैले बल्लतल्ल सामान उठाएर दौडिरहेका छन्, कोही थाकेर आफ्नो सामानमै बसेका छन्। पुसको चिसोमा पनि उनीहरुको शरीर तात्तिएर पसिना निक्सिरहेको छ।
नझुक्किनु होला, उनीहरु सामान बोक्ने कामदार होइनन्। नेपाल भित्रिने यात्रु हुन्। त्यस मध्येमा कतिपय त विदेशी पर्यटक पनि छन्। लाग्छ, उनीहरू नेपाल भित्रिने बित्तिकै यस्तो दु:ख व्यहोर्नू परेपछि निराश भएर अर्को पटक नेपाल नआउने संकल्प गर्दा हुन्।
विदेशबाट नेपाल भित्रिने यात्रुहरुले यस्तो दुख व्यहोर्नू परेको विमानस्थलकै कमजोर व्यवस्थापनले हो। विमानस्थलबाट आफ्नो सामान प्राप्त गरेपछि यात्रुहरु सिधै ट्याक्सी पार्किङमा जान खोज्छन्। तर, विमानस्थलमा यात्रुको सामान वितरण गर्ने ठाउँबाट ट्याक्सी पार्किङ निकै टाढा छ।
त्यति मात्र कहाँ हो र, यात्रुले आफ्नो सामान प्राप्त गरेपछि ट्रलीमा राखेर सिधै ट्याक्सी पार्किङसम्म पनि पर्याउन पाउँदैनन्। किनकि सामान बोकेका ट्रली आधा बाटो बाटै फर्काइन्छ। त्यसैले यात्रुले आफ्नो सामान काँधमा बोकेर ट्याक्सीसम्म पुर्याउनु पर्छ। अन्नपूर्ण पोष्ट
हेर्नुस्, फोटोहरू :











प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन