तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा
सिन्धुपाल्चोक, ३ माघ । नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।
चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् । गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ ।भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चीनले मे महिनामा नाका खुलाउन बन्दरगाह निर्माण कार्यलाई तीव्र ढङ्गमा अगाडि बढाइएको बताउनुभयो ।
अत्याधुनिक उपकरणबाट बन्दरगाह निर्माण कार्य हुँदै आएको छ । भोटेकोसी गाउँपालिका लार्चामा निर्माण भएको बन्दरगाहमा जोड्ने पुलको दुई साइडमा जिप तयार गरी पुल हाल्ने तयारी पनि अन्तिममा पुगेको छ । सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालका अनुसार बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण भइरहेको छ ।
२०६९ पुसबाट बन्दरगाह निर्माण सुरु गरिएको थियो । यो बन्दरगाह सन् २०१९ मा निर्माण सम्पन्न गरी चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको छ । २०७१ साउन १७ गतेको जुरे पहिरो, २०७२ असारको भोटेकोसी बाढी र २०७२ बैशाख १२ गतेको भूकम्पले बन्दरगाह निर्माण कार्य ठप्प भएको थियो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेदबहादुर श्रेष्ठका अनुसार चीनको सहयोगमा बन्दरगाह, बाह्रबिसे–तातोपानी सडक, मितेरी पुल पुनःनिर्माण भइरहेको बताउनुभयो । पाँच वर्षदेखि पूर्ण बन्द भएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षले उक्त काम तीव्र ढङ्गले निर्माण गरेको उहाँले बताउनुभयो ।
January 17, 2019 12:05 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन