तनाव सहन नसकि साउदीमा एक नेपालीले आत्महत्या गरे ।
तेज थापा –
साउदि अरब – वैदेशिक रोजगारीका सिलसिलामा साउदि अरब आएका एक नेपालीले आत्महत्या गरेका छन् । साउदि अरबको जेद्धा स्थित इनिसियल साउदी ग्रुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिख घाटिमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेका हुन् । विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव छुट्टि काटि ३ महिना पहिले मात्रै साउदि फर्केका थिए ।
जेद्धाबाट रुद्र प्रसाद गिरीले दिएको जानकारी अनुसार घर फर्कन नपाएका कारण यादव निकै तनावग्रस्त थिए । घरेलु समस्याका कारण नेपाल फर्कन चाहेको तर कम्पनीले ७ हजार साउदि रियाल जम्मा गर्नुपर्ने वा कम्पनीका कार्यरत दुई जना जमानत राख्नुपर्ने अड्डि कसेको थियोे । तत्कालै तोकिएको रकम जम्मा गर्न नसक्दा र जमानत बस्ने कुनै साथी नपाएका कै कारण मानसिक पीडा सहन नसकि आत्महत्या गरेको हुनसक्ने गिरीले बताए । “घटनाबारे तत्कालै नेपाली महावाणिज्यदूतावास जेद्धामा सम्पर्क गरि जानकारी गराईए छ” उनले भने ।
शम्सि नगरपालिका ७ महोत्तरी स्थाइ घर भएका मृतक यादवका घरमा बृद्ध बुबा-आमा, १ छोरी र गर्ववति श्रीमती छन् । घरको आर्थिक स्थिति नाजुक छ भने आयश्रोतको कुनै विकल्प समेत नभएका कारण परिवारको अवस्था निकै दयनीय हुने देखिन्छ ।
January 17, 2019 11:20 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी