मृतकको परिवारलाई एनआरएनए साउदिद्वारा आर्थिक सहयोग ।
ध्रुब रिजाल साथमा तेज थापा,
साउदी अरब – गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवीयाले मृतकको परिवारलाई नगद आर्थिक सहयोग गरेको छ । मस्तिष्क राक्तश्रापका कारण मृत्युु भएका वेदनिधि (अरुण) चापागाईंको परिवारलाई संघले २ लाख ४५ हजार ५ सय ११ रुपैयाँ नगद सहयोग गरेको हो ।
गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवीयाको कार्यसमिति सदस्य समेत रहेका स्व. बेदनिधि चापागाई (अरुण) को मृत्युुको खबर पाउनासाथ राहत संकलन गर्ने निर्णय गरेको थियो । अभियानमा संकलित रकम गत १५ जनवरी, २०१९ मा स्व. बेदनिधि चापागाईकि श्रीमती निर्मला कुमारी वलीको बैक खातामा विप्रेषण गरेको समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिएका छन् । त्यसैगरी एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरेवीयाको कल्याणकारी कोष मार्फत रु. ५० हजार दिने घोषणा पनि गरेको छ । एनसीसी श्रोतले दिएको जानकारी अनुसार उक्त रकम परिवारलाई छिट्टै हस्तान्त्रण गरिने छ ।
साउदी अरेवीयाको जेद्दा स्थित सुलेमान फकिह अस्पतालमा उपचारका क्रममा गत डिसेम्बर १, २०१८ मा अल्पायुमै चापागाईंको असामयिक निधन भएको थियोे । उनी जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्ष देखि कार्यरत थिए । कुशुम बाँके स्थाई घर भएका अरुणकि श्रीमती, १० बर्षकी छोरी र ३ बर्षको छोरा छन् ।
January 18, 2019 9:53 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन